ग्रीन भेन्चर्सको आईपीओमा आवेदनका लागि आज अन्तिम दिन
ग्रीन भेन्चर्स लिमिटेडले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज चैत्र ११ गते अन्तिम दिन रहेको छ । कम्पनीले चैत्र ८ गतेदेखि सर्वसाधारणलाई आईपिओ बिक्रि खुला गरेको हो ।
कम्पनीले सर्वसाधारणलाई ३१ करोड २५ लाख बराबरको ३१ लाख २५ हजार शेयर निष्काशन गरेको हो । जस मध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २ सय ५० कित्ता सामुहिक लगानी कोष योजनाहरुको लागि छुट्याईएको छ । बाँकि रहेको २८ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।कम्पनीको आईपिओमा बिहिबार साँझसम्ममा मागभन्दा ६.७९ गुणा बढीको आवेदन परिसकेको छ । बिहिबार साँझ ५ बजेसम्ममा आईपिओमा १५ लाख ९२ हजार ७ सय ६३ जना आवेदकबाट १ करोड ९५ लाख ३४ हजार ५ सय ७० कित्ताको लागि आवेदन परेको हो ।
कम्पनीले हालै मात्र ओखलढुंगा र रामेछापका आयोजना प्रभावितलाई शेयर निष्काशन गरेको थियो ।