२०.३४ अंकले घट्यो नेप्से,दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट
बुधबार नेप्से परिसूचकमा गिरावट आएको छ । बुधबार नेप्से परिसूचक २०.३४ अंक घटेर २ हजार ६३०.३६ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.२२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५६ अंकले घटेको छ ।
बुधबार कारोबारमा आएका २२६ कम्पनीको ३९ लाख ८५ हजार कित्ता शेयर २ अर्ब ४ करोड ६३ लाख ५२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मंगलबारको तुलनामा कारोबार रकममा समेत गिरावट आएको छ । मंगलबार २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १७८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ । जसमा व्यापार उपसमूहको परिसूचक ०.५० प्रतिशत बढेको छ भने म्युचुअल फण्डको ०.२५ प्रतिशत बढेको छ । तर यता विकास बैंक, वित्त, जलविद्युत, अन्य र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ
नेप्से परिसूचकमा गिरावट आएपनि दुई वटा कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ्ग नेपाल लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, बुद्धभूमि नेपाल हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र सेन्ट्रल फाइनान्सको शेयरमूल्य ३ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।