सरकारमा सहभागी हुन छलफल गर्दै लोसपा
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागिताका विषयमा छलफल भइरहेको बताएका छन्।अध्यक्ष ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागिताका लागि आग्रह गरेको र सोही विषयमा छलफल भइरहेको बताएका हुन्।
मंगलबार जनकपुरमा आयोजित पार्टीको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सरकारमा सहभागिताका लागि आफूहरुले नागरिकता समस्याको समाधान र मधेश आन्दोलनका क्रममा आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिनुपर्ने विषयलाई प्राथमिकतामा राखेको बताए।