पपुवा न्युगिनी माथि नेपालको दोस्रो जित
विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिदेशीय सिरिजअन्तर्गत पपुवा न्युगिनी (पीएनजी) माथि नेपालले दोस्रो जित निकालेको छ।
मंगलवार सम्पन्न खेलमा नेपालले पीएनजीलाई ७ विकेटले पराजित गरेको हो। टस हारेर सुरुवाती ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभर खेलेर ८ विकेट गुमाउँदै १७३ बनायो। १७४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३७ ओभरमै लक्ष्य भेट्टायो।
नेपाललाई जित दिलाउने क्रममा कुशल भुर्तेल र आरिफ शेखले अर्ध शतकीय पारी खेले। सुरुवाती ब्याट्सम्यान भुर्तेलले ६४ बल खेलेर ५० रन जोडे। दोस्रो क्रममका ब्याटसम्यान आसिफ शेख ८ बल खेलेर २ रनमा आउट भएपछि आएका आरिफ शेखले दोस्रो विकेटका लागि भुर्तेलसँग ८७ रनको साझेदारी गरे।
आरिफ शेखले १०१ बल खेल्दै नट आउट ५९ रन बनाए। नेपालका लागि दीपेन्द्रसिंह ऐरी २ बल खेलेर सून्य रनमै पेवेलियन फर्किए।
त्यसपछि आएका रोहित पौडेलले आक्रमक व्याटिङ गर्दै ४८ बलमा अभिजित ४४ रन जोड्दै नेपाललाई निर्धारित ५० ओभरको खेलमा १३ ओभर अगाडि नै जित दिलाए।पीएनजीका लागि चार्ल्स अमिनीले २ र काबुआ मोरेले १ विकेट लिए।
यो सँगै लिगको अंक तालिकामा १२ खेलबाट नेपालको ६ जितसहित १२ अंकका साथ छैठौं स्थानमा छ। १५ खेल खेलेको पीएनजी १ जित निकाल्दै २ अंकसहित पुछारमा छ।सुरुवाती ब्याटिङमा उत्रिएको पीएनजीका लागि कप्तान असाद भालाले ४५ रन बनाउँदा च्याड सोपरले २२, लेगा सिएकाले २०, सेसे बाउले १९, नोर्मन भनुवाले १८ र कबुवा मोरीले १७ रन जोडे।
बलिङतर्फ नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले २र२ विकेट लिए। त्यस्तै, करन केसी, दीपेन्द्रसिंह ऐरी, पवन सर्राफ र आरिफ शेखले समान १ विकेट लिए।
खेलमा अर्धसतकीय पारीसहित १० ओभरमा २१ रन दिँदै १ विकेट लिएका आरिफ शेख म्यान अफ द म्याच भए।