एमाले र माओवादी फेरि मिल्न सक्छन्,चुनावमा गठबन्धन जरुरी छैन् : शेखर कोइराला


नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा माओवादी केन्द्र र नेकपा एमाले चुनावका बेला एक हुनसक्ने बताएका छन्। स्थानीय तह चुनावमा गठबन्धन गर्न नहुने उनले बताए ।
अरु पार्टीका नेताहरूलाई जिताउन गठबन्धन गर्नु आवश्यक नरहेको उनले बताए ।

‘प्रचण्डलाई हराउन भनेर हतारहतारमा अरु नेतालाई साथ दिँदा धेरै कार्यकर्तामा विचलन आएको छ । अघिल्लो चुनावमा प्रचण्डजीलाई हराउन भनेर राप्रपाका विक्रम पाण्डेलाई हामीले सहयोग गर्‍यौं,’ उनले भने, ‘तर हामीले भनेको कार्यकर्ताले मानेनन्, आधाभन्दा धेरै भोट त उहाँलाई नै गयो, हामीले उठाएका उम्मेदवारलाई गएन ।’
कोइराला निवास विराटनगरमा मंगलवार चुनावी गीत सार्वजनिक गर्दै नेता कोइरालाले २०७४ सालको निर्वाचनमा पनि सरकारमा भएकै बेला कांग्रेसलाई थाहा नै नदिई एमालेसँग मिलेकाले माओवादीको भर नभएको बताए ।कांग्रेस कार्यकर्ता सक्षम भएकाले आफ्नो निर्णय आफैं गर्ने अधिकार दिनुपर्ने उनले बताए ।

धेरै जिल्लाका नेता कार्यकर्ताले ‘गठबन्धन नगरौं’ भनेकाले स्थानीय तह चुनावमा गठबन्धन गर्न नहुने उनको तर्क छ । संघ र प्रदेशको चुनाव पछि हुने भएकाले त्यतिबेला गठबन्धनका विषयमा थप छलफल गर्नुपर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *