नेपालमा लगाइयो कोरोनाविरुद्धको करिब ४ करोड मात्रा खोप
नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरुभएयता शुक्रबारसम्म तीन करोड ९२ लाखभन्दा बढी मात्रा खोप लगाइसकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म तीन करोड ९२ लाख २३ हजार ९४१ मात्रा खोप लगाइसकेको छ।हालसम्म एक करोड ८६ लाख ९५ हजार ८२६ जनाले एक मात्रा र एक करोड ८६ लाख ९८ हजार ५९५ जनाले पूर्ण मात्रा खोप लगाएको मन्त्रालयको तथ्यांक छ। त्यसैगरी, १८ लाख २९ हजार ५२० जनाले अतिरिक्त मात्रा खोप लगाएको मन्त्रालयको तथ्यांमा उल्लेख गरिएको छ।
हालसम्म कुल जनसंख्याको ७५ प्रतिशत अर्थात दुई करोड १८ लाख ९२ हजार ४३६ जनाले एक मात्रा खोप लगाएको मन्त्रालयको तथ्यांमा उल्लेख छ।