ओलीको अहङ्कार महाभारतको दूर्योधनको भन्दा कम छैन : प्रेम आले


संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तह निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने घमण्ड नगर्न एमाले अध्यक्ष केपी ओलीलाई चेतावनी दिएका छन् ।

उनले भने ‘आज कोही व्यक्तिको अहंकारले गर्दा संघको सरकार पनि गयो। प्रदेशको सरकार पनि गयो। अझै त्यो व्यक्तिले अब आउने बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा ६० प्रतिशत गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा जित्छु भन्ने घमण्ड गरेको छ,’।

ओलीमा महाभारतको दुर्योधनभन्दा पनि बढी घमण्ड चढेको बतांउदै उनले जनताले त्यसको जवाफ आगामी निर्वाचनमा दिने बताए । ‘त्यो घमण्ड मलाई कस्तो लाग्छ भने महाभारतको दुर्योधन र हाम्रो नेपालको राजनेता भनाउँदो केपी ओली दुइटैलाई दाज्यौँ भने अहंकारमा कुनै कमी छैन,’ उनले भने, ‘तपाईंहरू मूल्यांकन गर्नुहोस् । जनताले आगामी वैशाख ३० गते जवाफ दिनेवाला छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *