चुनावी तालमेल गर्ने विषयमा गठबन्धनमा विमती छैन
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन विरोधी अभिव्यक्ति कांग्रेसका दोस्रो तहका केही नेताहरू दिने गरे पनि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा गठबन्धनको पक्षमा रहेको बताएका छन् । निर्वाचन अघि र पछि पनि गठबन्धनलाई कायम राख्नेमा देउवा सकारात्मक रहेको प्रचण्डले बताए ।
लुम्बिनी प्रदेशको राजधानी बुटवल पुगेर प्रचण्डले कांग्रेस र उक्त पार्टीका दोस्रो तहका नेताहरूलाई लक्षित गर्दै भने, ‘विभिन्न पार्टीमा विभिन्न धार र अभिव्यक्ति सार्वजनिक भइरहेका छन् । तर, गठबन्धनमा रहेका पार्टीहरू निर्वाचनमा तालमेल गर्ने मामिलामा चाहिँ नेतृत्वहरूमा कहीँकतै विमती देखिएको छैन ।प्रचण्डले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षका लागि गठबन्धन बनेको बताए । गठबन्धनको आवश्यकता निर्वाचनअघि र पछिसम्मै रहने भएकोले गठबन्धन जारी रहने उनको भनाइ छ ।
यस्तै, निर्वाचन तोकिएकै समयमा सरकारले गर्ने पनि उनले बताए । निर्वाचनको विषयलाई लिएर आज बिहान प्रधानमन्त्री देउवा, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र आफूबीच छलफल भएको बताए ।
छलफलको क्रममा प्रधानमन्त्रीले निर्वाचन नहुने भ्रम फैलाएको भन्दै चिन्ता व्यक्त गरेको प्रचण्डले बताए ।