नागरिकले सहज रुपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीश विरुद्ध महाभियोग
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकले सहज रुपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउनु परेको बताएका छन् ।
सोमबार काठमाडौंको मीनभवनमा आयोजित कांग्रेसको एक महिने घरघर जाउँ कांग्रेस जिताऔं अभियान अन्तर्गतको कार्यक्रममा नेता सिंहले न्यायलयको नेतृत्व असफल भएपछि न्यायलय सुधारका लागि महाभियोग लगाउनु परेको बताए । उनले एमसीसी मुलुकको हित विपरित नरहेको स्पष्ट पारे । कांग्रेस कार्यकर्ताले जनताको घरघरमा पुगेर एमसीसी, महाअभियोगका विषयमा फैलाएका अनावश्यक भ्रमबारे बुझाउनुपर्ने उनको भनाइ छ ।