कांग्रेसको बुढो रूख बचाउन मतपत्र नै हरियो बनाइयो : केपी शर्मा ओली


नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले बुढो रुख बचाउन मतपत्र हरियो बनाएको आरोप लगाएका छन् । बुधबार मोरङको रंगेलीमा पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले स्थानीय निर्वाचनको मतपत्रलाई लिएर आक्रोश पोखेका हुन् ।जनतालाई अलमलमा नपार्न आग्रह गर्दै उनले एमालेको विरोध गरेर जनता अलमल पार्ने काम भएको बताए ।

“कांग्रेसले ज्येष्ठ नागरिकलाई केही दिएको छैन, दिनेवाला पनि छैन । अब एमालेको विरोध गर्ने कुराबारे जनताले बुझेका छन्,” उनले भने । सम्बोधनका क्रममा ओलीले केही समय हिन्दी र मैथिलीमा पनि भाषण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *