इर्मजिङ्ग नेपालको शेयर कारोबार आज आइतवारदेखि सुरु
इर्मजिङ्ग नेपाल लिमिटेडको शेयर कारोबार आज आइतवारदेखि सुरु हुने भएको छ । कम्पनीले शुक्रवार ५५ लाख ५६ हजार कित्ता आईपीओ नेप्सेमा सुचिकृत गराएसँगै कारोबार सुरु हुने भएको हो ।
कम्पनीले संस्थापकतर्फको ५ लाख ५५ हजार ६ सय कित्ता र संस्थापकतर्फको ५० लाख ४ सय कित्ता गरेर कुल ५५ लाख ५६ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू. १०५ दशमलव ११ देखि ३१५ दशलमव ३३ ओपन रेञ्ज तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको तीन गुणा सम्म मूूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीको सिम्बोल ईएनएल रहेको छ । नेप्सेले तोकेको मूल्यरेञ्जमा आइतवार स्पेशल प्रि ओपनिङ सेसनमा कारोबार भएमा मात्र नियमति कारोबार सुरु हुनेछ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआइसी एशिया क्यापिटल रहेको छ ।