रुस र युक्रेनबीच फेरि शान्तिवार्ता हुने
रुसले दोस्रो चरणको शान्तिवार्ताका लागि तयार रहेको जनाएको छ ।
युक्रेनमाथि आक्रमण गरिरहेको रुसले युक्रेनी प्रतिनिधिहरूसँग दोस्रो चरणको शान्तिवार्ता गर्न आफू तयार रहेको जनाएको हो ।यसअघि बेलारुसमा पहिलो चरणको वार्ता भएको थियो तर उक्त वार्ता सफल हुन सकेको थिएन ।
क्रेम्लीनका प्रवक्ता डिमित्री पेस्कोभले रुसी प्रतिनिधि उपलब्ध रहेको बताएका हुन् ।
राष्ट्रपति पुटिनका सहयोगी भ्लादिमिर मेदिन्स्की फेरि पनि रुसका तर्फबाट प्रमुख वार्ताकार हुने विवरणहरूमा जनाइएको छ ।युक्रेनी राष्ट्रपतिका सल्लाहकारले भने कुनै प्रगति हुनेबारे निराशा व्यक्त गरेका छन् ।