एमसीसी नेपालको विकासको पक्षमा छ, हामी पक्षमा छौं : महन्थ ठाकुर


लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले आफूहरु अमेरिकी सहयोग परियोजना (एमसीसी)को पक्षमा रहेको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा उनले अमेरिकाले नेपाललाई सात दशकदेखि डेभलपमेन्ट पार्टनरको रुपमा सहयोग गर्दै आएको बताए । एमसीसी नेपालको आवश्यकता र माग अनुसार नै आएको र जबरजस्ती नलादिएको उनको भनाई थियो । “नेपालले आवश्यकता र माग अनुसार पाएको छ । यो स्वतन्त्रतामाथि कुनै कुरा छैन,” उनले भने ,“जबरजस्ती लादिएको होइन् । लोकतान्त्रिक समाजवादी यसको पक्षमा छ । समर्थन गरिरहेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *