एमाले र कांग्रेस बीचको छलफलले प्रचण्ड र माधव नेपालको सातो गएको छ : केपी शर्मा ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना ९एमसीसी०को सन्दर्भमा एमालेले देश र जनताको हितलाई राखेर आवश्यक कदम चाल्ने बताएका छन् ।
शनिबार काठमाडौंमा एमालेनिकट प्रगतिशील पेसागत कानुन व्यवसायी संगठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमसीसीका विषयमा आफूहरू तथ्यबाट निर्देशित हुने भन्दै देश र जनताको हितलाई राख्दै आवश्यक कदम चाल्ने बताए ।
एमसीसीबारे संसद्मा धारणा राख्न एमालेलाई ठाउँ नदिइएकाले यसबारेमा बाहिर बोल्नुको अर्थ नरहेको पनि उनले बताए । सभामुख अग्निप्रसाद सापकोटाका कारण एमाले संसद्को कारबाहीमा भाग लिन नसक्ने ठाउँमा रहेको उनले उल्लेख गरे ।सत्ता गठबन्धन जोगाइदिन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले हारगुहार गरिरहेको उनको भनाइ छ । एमाले-नेपाली कांग्रेसको छलफलले उनीहरूको सातो गएको ओलीको जिकिर थियो ।सिध्याउन संविधान बाहिर गएर सरकार परिवर्तनको फैसला गरेको पुष्टि गरिसकेको तर्क उनले गरे ।
एमालेलाई चोलेन्द्रशमशेर जबरा वा अरू कुनै न्यायाधीशसँग सरोकार नरहेको भन्दै उनले लोकतन्त्रलाई सुदृढ पार्न न्यायालयको सुधार गर्नुपर्ने आवश्यकता रहेको पनि औँल्याए ।