गृहमन्त्रीलाई ओलीको सन्देश,एमसीसीको विषयमा एमाले स्पष्ट,पहिले न्याय चाहिन्छ


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाँणलाई एमसीसीको विषयमा एमाले स्पष्ट रहेको सन्देश दिएका छन् ।

एमसीसीमा एमालेको समर्थन जुटाउन ओलीलाई भेट्न बुधबार विहान बालकोट पुगेका खाँणलाई ओलीले सो सन्देश दिएका हुन् ।“संसद्मा हाम्रो लागि ठाउँ छैन । एउटै संविधान, कानुन, संसद् हो । माओवादीले आफ्ना सांसदलाई निष्कासन गर्दा २४ घण्टामा पद रिक्त हुन्छ,” ओलीको भनाइ उद्धृत गर्दै उनका सचिवालय सदस्य रामशरण बजगाईंले भने, “हामीले निष्कासन गर्दा महिनौँसम्म हुँदैन । हामीमाथि अन्याय भयो । संसद्मा भाग लिन पाएनौँ ।”

भेटमा गृहमन्त्री खाँणले संसद्मा पेस भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदनमा सघाउन आग्रह गरेका थिए । जवाफमा ओलीले संसद्मा आफूहरू उपस्थित हुने वातावरण बनाए मात्रै एमसीसीका विषयमा मत जाहेर गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *