चर्चित नेता लालू यादवलाई चारा घोटालामा ५ वर्ष जेल


बहुचर्चित चारा घोटाला प्रकरणमा नेता लालूप्रसाद यादवलाई ५ वर्ष जेल र ९६ लाख रुपैयाँ जरिवाना हुने फैसला गरिएको छ ।विशेष अदालतका न्यायाधीश एसके शशिले फैसला सुनाउँदै ५ वर्ष जेल र ९६ लाख जरिवाना गरेका छन् ।डोरन्डा कोषागारको चारा घोटाला बहुचर्चित प्रकरण हो । घोटालामा लालू यादवलाई मुख्य षड्यन्त्रकारीको आरोप लगाइएको थियो, जसलाई अदालतले स्वीकारेको छ ।

सीबीआईले लालू यादव वित्तमन्त्री र मुख्यमन्त्री हुँदा यादवकै संलग्नतामा घोटाला भएको थियो । यसअघि समेत यादव चारा घोटालासँग सम्बन्धित ४ मुद्दामा दोषी ठहर भइसकेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *