पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि


नेपाल आयल निगमले पेट्रोलिय पदार्थको भाउ पुनः बढाएको छ।

निगमले शनिबार रातिदेखि लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो। साविकको भाउमा पेट्रोलमा ५.६१, डिजेलमा ५.६२ रुपैयाँ मूल्य बढेर आएको भन्दै निगमले मूल्य समायोजन गरेको हो। नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १४५ पुगेको छ। डिजेल र मट्टीतेलको भाउ १२८ रुपैयाँ कायम हुनेछ।

समायोजित मूल्य अनुसार पनि निगमको पाक्षिक घाटा अझै दुई अर्ब १५ करोड रहेको निगमले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *