देउवा र ओली भेटको अर्थ र सत्ता गठबन्धन् भित्र बढ्दो सकस


प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनमा सहयोग गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग आग्रह गरेका छन् । सत्ता गठबन्धनमा एमसीसीमा सहमति नभएपछि प्रधानमन्त्रीले विपक्षी दललाई सहमत गराउने कोशिष गरेका हुन् ।
बिहीवार राति भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवास पुगेर देउवाले एमसीसीमा समर्थन गर्न आग्रह गरेका हुन् । बालुवाटारमा सत्ता गठबन्धनको बैठक सकिएलगत्तै पत्नीसहित देउवा बालकोट पुगेका थिए ।झण्डै २ घण्टा लामो भेटमा एमसीसी र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध प्रतिनिधि सभामा दर्ता भएको महाभियोग प्रस्ताव बारे छलफल भएको थियो ।
स्रोतका अनुसार ओलीले वैशाख ३० गतेका लागि तोकिएको चुनाव प्रभावित पार्न महाभियोग प्रस्ताव दर्ता गरिएको भन्दै आपत्ति जनाएका थिए ।

राति साढे ८ बजेपछि बालकोट पुगेका देउवा झण्डै साढे १० बजे बालकोटबाट बाहिरिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *