प्रतिबन्धित क्रिप्टो करेन्सी र हाइपरफण्डबारे अध्ययन गर्न समिति


नेपालमा प्रतिबन्धित भर्चुअल मुद्राको कारोबार (क्रिप्टो करेन्सी), हाइपर फन्ड तथा अनलाइन कारोबारबारे विस्तृत अध्ययन तथा अनुसन्धानका लागि दुईवटा समिति गठन भएका छन् ।अर्थ मन्त्रालयले सहसचिव भुपाल बरालको संयोजकत्वमा सात सदस्यीय अध्ययन समिति गठन गरेको छ ।
सो समितिमा नेपाल राष्ट्र बैङ्क, कानुन, न्याय तथा संसदीय मन्त्रालय, प्रहरी प्रधान कार्यालय, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल दूरसञ्चार प्राधिकरणका प्रतिनिधि रहेका छन् ।

समितिले क्रिप्टो करेन्सी, हाइपर फन्ड तथा अनलाइन कारोबारले पार्न सक्ने प्रभाव तथा सम्भावनाबारे विस्तृत अध्ययन गर्ने मन्त्रालय स्रोतले जानकारी दिएको छ ।प्रहरी प्रधान कार्यालयले क्रिप्टो करेन्सीलगायत अनलाइन कारोबार र यसको दुरुपयोग र ठगीबारे विस्तृत अनुसन्धान र अध्ययनका लागि आन्तरिक समिति गठन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *