हकप्रद शेयर निष्कासन गर्ने तयारीमा शिखर इन्स्योरेन्स


शिखर इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले ३० प्रतिशत अर्थात १०ः३ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको हो । कम्पनीले उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकको छ । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले प्रतिकित्ता रू.एक सय अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको हो ।

आवश्यक प्रत्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र उक्त हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ७५ करोड ८५ लाख रहेको छ । ३० प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पछि कम्पनीको पूँजी रू. २ अर्ब २८ करोड ६० लाख पुग्नेछ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि इक्रा नेपालमा रेटिङ गराईसकेको छ । इक्रा नेपालले कम्पनीले निष्कानस गर्ने हकप्रद शेयरलाई इक्राएनपि ग्रेड ३ प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको आधारभुत पक्ष सबल भएको देखाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *