गठबन्धनको ‘निर्णायक’भनिएको बैठकमा जसपा अध्यक्ष किन अनुपस्थित रहन चाहे?


एमसीसीको विषयमा सहमति जुटाउन विहिबार गठबन्धनको ‘निर्णायक’ बैठक बोलाइएको छ ।

तर, निर्णायक भनिएको यो बैठकमा गठबन्धनकै एउटा घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित हुने भएका छन् ।एमसीसी पास गर्नुपर्ने पक्षमा रहेको जसपा पनि पछिल्लो समय एमसीसी पास गर्ने विषयमा मौन बसेको छ ।

बुधबार एमसीसीलाई प्रतिनिधिसभा बैठकको कार्यसूचीमा पार्न प्रयासरत काँग्रेसलाई जसपाले साथ दिएन । बैठकमा जसपा सहभागी नै भएन र एमसीसीको विषयमा एमालेकै लाइनमा उभिन पुग्यो ।

यादव बिहीबार सिरहामा राखिएको पार्टीको कार्यक्रममा सहभागी हुन जाँदैछन् । महत्वपूर्ण बैठकमा उपस्थित हुनुपर्ने भए पनि उनी गठबन्धनको बैठकमा सहभागी नहुने जसपाका एक नेताले जानकारी दिए ।‘एमसीसीको जनताले विरोध गरिरहेका छन्, चुनाव नजिकिएका बेला राष्ट्रघातको अभियोग किन सहने’ अध्यक्ष यादव निकट एक नेताले भने । बैठकमा संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई उपस्थित हुन सक्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *