नागरिकलाई लक्षित गरेर ‘महालक्ष्मी बचत वृद्वि खाता’योजना


महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर नयाँ बचत योजनामा ‘महालक्ष्मी बचत वृद्वि खाता’ सार्वजनिक गरेको छ । मात्र रु. ५१ मा खाता खोल्न मिल्ने यस योजनामा दैनिक मौज्दातमा ८.५५ प्रतिशत व्याज गणना गरि मासिक रूपमा भुक्तानी गरिने बैंकले जनाएको छ । यस योजना अन्तर्गत खाता खोलेका ग्राहकहरुको रु.पाँच लाखको दुर्घटना मृत्यु वीमासमेत गरिएको छ ।

साथै, निःशुल्क अन्तर शाखा कारोबार, मोबाइल बैंकिङ सुविधा, अनलाइन बैंकिङ सुविधा, भिसा डेबिट कार्ड, लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुट, निःशुल्क मेरो सेयर सिआस्वा तथा निःशुल्क डिम्याट खाता जस्ता सुविधाहरु प्राप्त गर्न सकिने बैंकले जनाएको छ । देशैभर छरिएर रहेका शाखामार्फत यो खाता खोल्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *