कांग्रेस संसदीय दलको बैठकका यी हुन् मुख्य एजेन्डा


सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको छ ।नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बस्नेछ । बैठकमा विशेषगरी अमेरिकी अनुदानसम्बन्धी सम्झौता एमसीसी संसद्मा अघि बढाउने विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।
संसद् बैठक भोलिका लागि आह्वान गरिएको छ । भोलिको संसद् बैठकमा एमसीसीलाई अघि बढाउने र पारित गर्ने विषयमा संसदीय दलले निर्णय गर्ने बुझिएको छ ।यस्तै, सत्ता गठबन्धनमा आबद्ध तीन दलका तर्फबाट दर्ता गराइएको महाअभियोग प्रस्तावका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *