तालाबन्दी वा दबाबकै भरमा स्वतः करार र स्थायी हुन सक्दैन : त्रिभुवन विश्वविद्यालय


त्रिभुवन विश्वविद्यालयले अनसन अथवा तालाबन्दीको दबाबकै भरमा आंशिक शिक्षकलाई स्वतः करार, करारपछि स्वतः स्थायी गर्ने परम्परालाई अबदेखि कहिल्यै स्वीकार नगर्ने बताएको छ।

विश्वविद्यालय राजिस्ट्रारको कार्यालयले तालाबन्दीका सन्दर्भमा अपिल जारी गर्दै यस्तो अडान सार्वजनिक गरेको हो। माघ ६ गतेदेखि त्रिविमा तालाबन्दी जारी छ। त्रिविका अनुसार गत पुससम्म १ सय ४९ दिन विश्वविद्यालयमा तालावन्दी भएको छ।

अनसनको आडमा वा तालावन्दीको दबाबमा विश्वविद्यालयका पदाधिकारीहरूलाई भौतिक, मानसिक र नैतिक दवाव दिई आंशिक शिक्षकलाई स्वत करार सेवामा, करार सेवा प्रवेश पश्चात् स्वतः स्थायी वा आन्तरिक प्रतिस्पर्धामार्फत् स्थायी गर्ने परम्परालाई हालको त्रिवि नेतृत्वले अब उप्रान्त कदापी स्वीकार गर्देन, अपिलमा भनिएको छ।

खुला प्रतिस्पर्धामार्फत् आफूलाई अब्बल सावित गर्न खोज्ने, अनुसन्धानमा विशेष रुचि राख्ने, सृजनशील, लगनशील, अनुशासित शिक्षकलाई सदैव स्वागत गर्ने बताउँदै तालाबन्दीलाई प्राज्ञिकभन्दा भिन्न तत्वको सक्रियता रहेको आशंका पैदा भएको अपिलमा उल्लेख छ।

विश्वविद्याालयको प्रवेश परीक्षा र भर्ना प्रक्रिया, सेवा आयोगमार्फत् दक्ष जनशक्ति छनौट प्रक्रियाका साथै विश्वविद्यालयको अन्तर्राष्ट्रियकरण एवं त्रिविलाई एक विशिष्टिकृत विश्वविद्यालयको रुपमा रुपान्तरण गर्ने कार्यमा नै असर गर्ने गरी अनावश्यक र असान्दर्भिक माग राखेर त्रिविमा निरन्तर तालाबन्दी गर्नुका पछाडिको उद्देश्यमा कतै प्राज्ञिक भन्दा भिन्नको तत्वले सक्रियता बढाइरहेको त छैन भन्ने गम्भीर आशंका पनि सिर्जना गरेको छ,ु अपिलमा भनिएको छ।

एउटा विद्यार्थी संगठनको इकाई समितिले माघ ६ गतेदेखि तालाबन्दी गरेकोमा गत साताबाट आंशिक शिक्षकहरुका नाममा तालाबन्दी थपिएको छ। विश्वविद्यालयमा राजनीतिक प्रभाव बढ्दा गुणस्तरको चिन्ता प्रकट गर्ने समूह नै राजनीतिमा उत्रिएको त्रिवि नेतृत्वको दाबी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *