कमल थापाको नजरमा यी हुन् महाअभियोग पछाडिका प्रपञ्च
हिजोमात्रै राप्रपा नेपालको अध्यक्ष बनेका कमल थापाले प्रधानन्यायाधीश प्रकरणमा तीन दलप्रति आलोचना गरेका छन्।
आज ट्वीट गर्दै थापाले प्रधानन्यायाधीश हटाउनुपर्ने बेला चुप बस्ने र अहिले एमसीसी सम्झौता पास गर्न कांग्रेसको स्वार्थ रहेको उल्लेख गरेका छन्।
सभामुख जोगाउने माओवादी स्वार्थ र सांसद पद जोगाउन नेकपा एकीकृत समाजवादीको स्वार्थ रहेको उनको टिप्पणी छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनका दलले आइतबार महाभियोग प्रस्ताव दर्ता गरेका थिए।