माग भन्दा ५३.८७ गुणा बढीले भरे ईमर्जिङ नेपालको आईपिओ
ईमर्जिङ्ग नेपाल लिमिटेडले निष्काशन गरेको आईपिओमा माग भन्दा ५३.८७ गुणा बढीको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन आइतबार साँझ ५ बजेसम्ममा २४ लाख १५ हजार ९ सय १९ जना आवेदकबाट २ करोड ७८ लाख ३५ हजार ४ सय २० कित्ताको लागि आवेदन परेको हो ।
कम्पनीले माघ २६ गतेदेखि आईपीओ बिक्रि खुला गरेको हो । कम्पनीले ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्काशन गरेको हो ।
जसमध्ये ११ हजार १ सय १२ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने २७ हजार ७ सय ८९ कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि छुट्याईएको छ। बाँकि रहेको ५ लाख १६ हजार ७ सय ८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।