बिपीडब्लु लघुवित्तले आइपीओ निष्कासन गर्ने
बिपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि साधारण सेयर निष्कासन गर्ने भएको छ। लघुवित्तले प्रति कित्ता एक सय रुपैयाँका दरले ९७ हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको हो।
सेयर निष्काशन तथा बिक्रि प्रबन्धकको लागि बिपीडब्लुले मेगा क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ। यस बिषयमा मेगा क्यापिटल मार्केट र लघुवित्तबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
लघुवित्तको लघुवित्तकी सीईओ प्रमिला शाक्य र मेगा क्यापिटलबाट क्यापिटलका सीईओ सबिर बडे श्रेष्ठले हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा लघुवित्तका संचालक, सबिन प्रधांग र मेगा क्यापिटलका चिफ इन्भेष्टमेन्ट अफिसर सुलभ श्रेष्ठको उपस्थिति थियो।