प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा छलफल भएको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेताबीच एमसीसी र स्थानीय चुनावका साथै संसद बैठकका विषयमा छलफल भएको बताइएको छ । एमसीसीसम्बन्धी विषय जटिल भइरहेका बेला तीन नेताबीच छलफल भएको हो । कांग्रेस एमसीसीलाई संसदमा छलफल गरेर अनुमोदन गर्नुपर्ने पक्षमा छ भने माओवादी र नेकपा समाजवादी एमसीसी संशोधन गरेर अघि बढाउनुपर्ने पक्षमा छ ।