मतपत्र च्यातेर, बत्ती निभाएर चुनाव जित्ने सपना नदेखे हुन्छ : केपी शर्मा ओली
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आउँदो निर्वाचनमा नेकपा एमालेले बहुमत ल्याउने दाबी गरेका छन् । शुक्रबार स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले गएको स्थानीय चुनावमा पनि सत्ता गठबन्धनसँग चुनाव लडेर ४१.२८ प्रतिशत स्थानमा विजयी हासिल गरेको स्मरण गरे ।
सम्बोधनको क्रममा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै आसन्न निर्वाचनमा पनि बत्ति निभाएर, मतपत्र च्यातेर जित्ने सपना नदेख्न सुझाव दिए ।
“अबको निर्वाचन बत्ति निभाएर, मतपत्र च्यातेर जित्ने सपना कसैले नदेखे हुुन्छ,” उनले भने, “भाग्ने उम्कने ठाउँ छ भने खोजे हुन्छ । संघीय र प्रदेश निर्वाचनमा हामी बहुमत ल्याउँछौं । गठबन्धन तोडेर होइन गठबन्धन रहँदै हामी बहुमत ल्याउँछौँ ।”