नेपालको आर्थिक वृद्धिदर ७ प्रतिशत हुने
सरकारले चालु आर्थिक बर्षमा नेपालको आर्थिक वृद्धिदर ७ प्रतिशत हुने बताएको छ । बिहीबार अर्थमन्त्रालयमा चालु आर्थिक बर्षको बजेटको अर्थबार्षिक समिक्षा गर्दै अर्थमन्त्री जनार्दन शर्माले ७ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरिएको बताएका हुन् । उनले बजेटको समिक्षा गर्दे चालु आर्थिक बर्षमा पुँजीगत खर्च पनि ३ खर्ब ४० अर्ब रुपैयाँ मात्रै हुने बताएका छन् ।प्रतिश्थापन विधेयकमार्फत पुँजीगत खर्च ३ खर्ब ७८ अर्ब तोकिएको थियो । पछिल्लो समय बजेट खर्चको आवश्यक तयारी नभएकाले विकास खर्च न्युन भएको उनले तर्कसमेत दिएका छन् । मन्त्रालयमा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै उनले खर्चको सुनिश्चीतता पहिल्यै नहुँदा यस्तो अवस्था आएको बताएका हुन् ।
पछिल्लो समय देखिएको क्यापिटल फ्लाईटले पनि अर्थतन्त्रमा केही नकारात्मक असर परिरहको उनको भनाई थियो । उनले आईपर फण्ड, क्रिप्टोकरेन्सी, डिजिटल मुद्रालगायतका माध्यमबाट क्यापिटल फ्लाईट भईरहेको बताए ।