हिजाब प्रतिबन्धले कर्नाटकमा विवाद, विद्यालयहरु बन्द


भारतको कर्नाटकको एक कलेजमा विद्यार्थीहरुले हिजाब लगाउन नपाउने भएपछि हंगामा शुरु भएको छ। ६ मुस्लिम विद्यार्थी यसको विरुद्धमा हप्ताअघिबाट प्ले कार्ड बोकेर उत्रिएका छन् भने कलेजमा दिनभरजस्तो जुलुस भइरहेको छ।

यहाँको उडुपीमा ६ जना मुस्लिम विद्यार्थीलाई विद्यालयको नयाँ पोशाक नीति अनुसार हिजाब लगाउन प्रतिबन्ध गरिएको थियो। उक्त घटनासँगै जनवरी १ बाट हिजाबबारे विवाद शुरु भएको हो। यसैगरी कुन्डापुर कलेजमा पनि यसबारे विवाद भएको थियो।

मुस्लिम समुदायले पहिरने हिजाब लगाएर कलेज आउन नपाउने नियम विवादमा परेपछि त्यहाँको सरकारले विद्यालयहरु ३ दिनका लागि बन्द गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *