भारतमा ९ ओटा कोभिड खोपलाई मान्यता
भारतले रूसमा निर्मित कोभिड खोपलाई आपतकालीन प्रयोगका लागि स्वकृति दिएको छ।
एक मात्रा लगाए पुग्न ‘स्पुत्निक लाइट’ नामक नयाँ खोपलाई स्वीकृति दिएको हो। योसँगै भारतले नौ ओटा कोभिड खोपलाई अनुमति दिएको छ। अनुमति दिइएकामध्ये तीन ओटा भारतमा विकसित गरिएका हुन्।यसअघि सरकारले गत वर्ष ’स्पुत्निक’ भीलाई अनुमति दिएको थियो।कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि सरकारले खोप अभियानलाई तीव्रता दिँदै आएको छ।
अहिलेसम्म करिव एक अर्ब ७० लाख मात्रा खोप लगाइएको छ। भारतमा ७६ प्रतिशतले पूर्ण खोप लगाएका छन्।