आज सोमबार भगवान शिवको पुजा गर्नुहोस्
हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ ।सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ ।
सोमवारको दिन शिव जी को पूजा गर्दा उनको निम्नलिखित नामहरुको स्मरण गर्दा सांसारिक कष्ट र मानसिक तनाव बाट मुक्ति मिल्छ । यि नामहरु यस प्रकार छन।
ऊं अघोराय नमः
ऊं शर्वाय नमः
ऊं विरूपाक्षाय नमः
ऊं विश्वरूपिणे नमः
ऊं त्र्यम्बकाय नमः
ऊं कपर्दिने नमः
ऊं भैरवाय नमः
ऊं शूलपाणये नमः
ऊं ईशानाय नमः
ऊं महेश्वराय नमः
शिव पूजा बिधिः
सोमवार शिव पूजनका लागि प्रातः स्नान आदि नित्य कर्म बाट निवृत्त भएर पवित्र हुनुहोस् । त्यसपश्चात घरको मंदिर या कुनै शिव मन्दिर गएर भगवान शिवको साथ माता पार्वती र नन्दीलाई गंगाजल या पवित्र जल अर्पित गरौँ । जल अर्पित गरे पश्चात शिवलिंगमा चन्दन, चामल, बेलपत्र, सेतो फूल र धतुरो चढाउ । पूजा सम्पन्न गर्नका लागि भगवान शिवलाई घीउ, शक्करको भोग लगाउ र धूप, दीपले आरती गरौँ।
मन्त्र
ऊं नमः शिवाय ,
नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः
ऊंनमो नीलकण्ठाय
ऊं पार्वतीपतये नमः
ऊं पशुपतये नमः