३० फिट जमिन भत्काएर साँघुरो खाडलमा अड्किएका बालकको उद्धार


एउटा गहिरो खाडलभित्र अड्किएका बालकको ज्यान जोगाउन जुटेका उद्धारकर्ताहरु लक्ष्य नजिक पुगेका छन्। मोरक्कमा भएको यस घटनामा उद्धारकर्ताले रातभर व्यग्रताका साथ काम गरिरहेको बीबीसीले जनाएको छ।

स्थानीय मिडियाले जनाएअनुसार रायन नामका बालक ३२ मिटर जमिनमुनि फसेका छन्। चार दिन अघि खसेका उनलाई दिनरात गरेर उद्धार गरिँदैछ।

उत्तरी अफ्रिकाको यस घटनाले अहिले विश्वकै ध्यान खिचिरहेको छ। साँघुरो खाडलभित्र बालक अड्किएका छन्। उनलाई बचाउनलाई अर्को भागबाट जमिन भस्काइएको छ। पहिरोको जोखिम पनि भएकाले उद्धार निक्कै संवेदनशील बन्न पुगेको छ।

ढुंगे माटो सहितको भाग भएकाले खन्न समय लागेको छ। त्यसमाथि साँघुरो खाडल भएकाले बालकलाई जोगाउन उद्धारकर्तालाई जोखिमपूर्ण जिम्मेवारी छ। ठूला बुल्डोजर प्रयोग गरेर जमिन भत्काउँदै खाडल छेड्ने तयारी भइरहेको हो।बालक अड्किएको सतहसम्म डोजरले माटो पन्छाएपछि तेर्सो खनेर बालकलाई झिक्ने तयारी छ।

हामी करिब करिब नजिक पुगिसकेका छौं, उद्धारमा खटिएका अवदेसलम माकुन्डिले भने, तीन दिनदेखि हामी लगातार काम गरिरहेका छौं। सिंगो उद्धार टोली यसमै सक्रिय छ।

अल जजिराका अनुसार केही बेर अघि मात्र ती बालकको मृत्य भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *