प्रिमियर इन्स्योरेन्सको लाभांश पारित
प्रिमियर इन्स्योरेन्स कम्पनी को २८ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। कम्पनीको केन्द्रिय कार्यालयमा भिडियो कन्फरेन्स् मार्फत सभा सम्पन्न भएको हो ।
सभामा संचालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सूरेश लाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तूत गरेका हुन्।कम्पनीले आ.व.२०७७/७८ मा कूल बीमा शूल्क १ अर्व ९० करोड ३६ लाख ११ हजार आर्जन गरि खूद मूनाफा ३४ करोड ७९ लाख १४ हजार आर्जन गरेको छ । उक्त सभाले कम्पनीको आ.व.२०७७/७८ मा चूक्ता पुंजीको १४.२५ प्रतिशतले बोनस शेयर र ०.७५ प्रतिशतले हूने नगद लाभांश रकम बोनस शेयरको कर प्रयोजनार्थ वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।