मुख्यमन्त्री पाण्डे नेतृत्व सरकारका काम सार्वजनिक,मन्त्रालय टुक्राउनु पनि उपलब्धि !


वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले आफू नेतृत्वको सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन्।

गठबन्धन सरकार बनेको एक सय दिनमा सरकारले गरेको उपलब्धिहरूलाई मुख्यमन्त्री पाण्डेले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेका हुन्।

पाण्डेको नेतृत्वमा गत कात्तिक ११ गते गठबन्धन नेतृत्वको सरकार बनेको थियो। प्रदेश सरकारमा नेकपा ९माओवादी केन्द्र०, नेपाली कांग्रेस र नेकपा ९एकीकृत समाजवादी० सहभागी छन्।

मुख्यमन्त्री पाण्डेले आफ्नो नेतृत्वमा बनेको गठबन्धन सरकारले एक सय दिनमा गरेको कामलाई ६७ बुँदामा प्रस्तुत गरेका छन्।पाण्डेले सार्वजनिक गरेको उपलब्धिमा मन्त्रालय विभाजन, सार्वजनिक बिदादेखि निस्शुल्क रक्तसञ्चारसम्मलाई उल्लेख गरिएको छ।पाण्डेले सार्वजनिक गरेको उपलब्धिको पहिलो बुँदामा नै प्रदेश सरकारको आर्थिक रूपान्तरण गर्न, नागरिकलाई सरल र सहज गुणस्तरीय सेवा प्रदान गर्न मन्त्रालय वृद्धि गरेको कुरा उल्लेख गरिएको छ।

त्यस्तैगरी, बुँदा नम्बर ३४ मा मकवानपुर, चितवन र धादिङको चेपाङको राष्ट्रिय पर्व न्वागीमा सार्वजनिक बिदा दिने निर्णय गरिएको कुरा उल्लेख छ। आफूहरुले चेपाङ समुदायलाई सम्मान गरेर प्रदेश सरकारमा पनि सहभागी गराएको भन्दै मुख्यमन्त्री पाण्डेले सो समुदायको सम्मानको लागि दिएको बिदा पनि आफूहरुको उपलब्धि भएको बताए।बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको कार्यलाई पनि प्रदेश सरकारको उपलब्धिमा राखिएको छ।

विगतमा जस्तोसुकै योजनालाई पनि बहुवर्षीय योजनाको रुपमा राख्ने गरेकाले आफूहरुले त्यसलाई व्यवस्थित बनाउन मापदण्ड तय गरेको मुख्यमन्त्री पाण्डेको भनाइ छ।मुख्यमन्त्री पाण्डेले १४ वटा मन्त्रालयले प्रभावकारी काम गरेर देखाउने बताएका छन् । उनले मन्त्रालय बढाएकोमा पश्चाताप नभई गर्व भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *