निर्वाचन आयोगले प्रस्ताव गरेको जेठ ४ गते नै स्थानीय तहको चुनाव हुनुपर्छ : अध्यक्ष केपी शर्मा ओली


पछिल्लो विकसित राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन नेकपा एमाले सचिवालयको बैठक भक्तपुरमा बसेको छ ।बालकोटस्थित एक पार्टी प्यालेसमा बुधवार सचिवालय बैठक बसेको हो । स्थानीय तह निर्वाचनमा पार्टीको रणनीति बनाउन बैठक बसेको बताइएको छ ।
बैठकको उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले प्रस्ताव गरेको जेठ ४ गते नै स्थानीय तहको चुनाव हुनुपर्ने बताए । निर्वाचन आयोगले मंगलवार सरकारसँग जेठ ४ गते चुनाव गर्ने प्रस्ताव गरेको थियो । अध्यक्ष ओलीले वर्तमान गठबन्धनले अनेक बहानामा चुनाव टार्न खोजेको आरोप लगाएका छन् ।

सचिवालयमा एमाले अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवहरू सहभागी छन् । १९ जना पदाधिकारीलाई समावेश गरेर एमालेले सचिवालय बनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *