४७.३२ प्रतिशतले घट्यो मनकामना स्मार्ट लघुवित्तको नाफा


चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले १ करोड ३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले १ करोड ९७ लाख रुपैयाँभन्दा बढी यो नाफा गरेको थियो ।

गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ४७ दशमलव ३२ प्रतिशत कम भएको हो ।
यस वर्ष कम्पनीले सञ्चालन नाफामा सुधार ल्याएपनि खराब कर्जा संकलन कम भएसँगै खुद नाफामा असर परेको हो । गत वर्ष ५२ करोड रुपैयाँभन्दा बढी सञ्चालन घाटामा रहेको कम्पनीले यस वर्ष २५ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको छ । गत वर्ष ५४ करोड ३३ लाख रुपैयाँभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष १ करोड ६ लाख रुपैयाँभन्दा बढी मात्र यो कर्जा संकलन गरेको हो । गत वर्षभन्दा यस वर्ष खराब कर्जा संकलन ९८ प्रतिशत कम भएको हो ।

आईपीओ र यस वर्ष १७ प्रतिशत बोनस शेयर मार्फत पूँजी बृद्धि गरी १४ करोड १७ लाख ४५ हजार रुपैयाँ पर्याएको कम्पनीको जगेडा कोष रकम २ करोड ८१ लाख रुपैयाँभन्दा बढी रहेको छ ।

विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत गत वर्षभन्दा १३ दशमलव ३९ प्रतिशत बढी ५३ करोड ९१ लाख रुपैयाँ कर्जा सापटी लिएको कम्पनीले गत वर्षभन्दा २३ दशमलव ३३ प्रतिशत बढी १ अर्ब ५ करोड ७१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *