दोस्रो त्रैमाससम्म घलेम्दी हाइड्रोले कमायो २० लाखभन्दा बढी खुद नाफा

घलेम्दी हाइड्रो लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू। २० लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष रू .९६ लाख ७२ हजार खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष भने खुद नाफा गर्न सफल भएको हो । विद्युत विक्री आम्दानी १२ दशमलव ६६ प्रतिशत कम भएको कम्पनीले बीमा दाबीबाट रू. १ करोड ५० लाख आम्दानी गरेकाले कुल आम्दानी बढ्न गई नाफा गर्न सफल भएको हो ।
गत वर्ष रू. १ करोड ८८ लाखभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ३ करोड १४ लाख ८४ हजार कुल आम्दानी गरेको हो । गत वर्षभन्दा यस वर्ष कम्पनीको कल आम्दानी ६६ दशमलव ८१ प्रतिशत बढेको हो । कुल खर्च भने ३ दशमलव २६ प्रतिशत बढी रू. २ करोड ९४ लाखभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ५५ करोड रहेको ।