भातृ संस्थाहरूको महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको छ : महामन्त्री विश्वप्रकाश शर्मा


नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेविसंघ लगायतका पार्टीका भातृ संस्थाहरूको महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको बताएका छन् ।महामन्त्री शर्माले नेविसंघ लगायतका भातृ संस्थाहरूको समस्या समाधान गरेर जाने विषयमा अर्का महामन्त्री गगनकुमार थापा र आफूले बढी जोड दिएको पनि बताए ।सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका नेविसंघका विद्यार्थी नेताहरूसँग कुरा गर्दै उनले भातृ संस्थाहरूमा देखिएको समस्या समाधानका लागि प्रक्रिया समेत अघि बढाइएको बताए ।

नेविसंघका पूर्व अध्यक्ष समेत रहेका उनले मुलुकको लोकतान्त्रिकरणसँगै विकास, निर्माणको प्रक्रियालाई तीव्रता दिन पनि नेविसंघ जस्ता संगठनहरू बलियो हुनुपर्नेमा आफूहरू सचेत रहेको बताए ।
महामन्त्री शर्माले भने, ‘भातृ संस्थाका समस्याहरू छन् । नयाँ आएका महामन्त्री कहाँ छन् ? के छ ? हाम्रो बारेमा के सोचिरहेका छन् भन्ने कुराहरू सामाजिक सञ्जालमा समेत आइरहेका छन् तर के बिर्सनु हुँदैन भने कुनै हस्पिटलमा नयाँ डाक्टर आयो भन्दैमा सबै बिरामीहरूको समस्या एकैचोटी समाधान हुँदैन । प्रक्रियामा जान्छ । बाहिर धेरै बोलेर समाधान हुँदैन ।
मेरो नेचरको बारेमा म प्रवक्ता हुँदा पनि कम अन्तर्वार्ताहरू दिएको मान्छे हुँ । अहिले पनि म महामन्त्री भए पनि धेरै बोलेको छैन । बोल्नेवाला पनि छैन । त्यसकारण तपाईंहरूको ईस्यूको बारेमा अहिले हामी छलफल गरिराखेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *