युक्रेनको सीमा क्षेत्रमा रुसले रक्त प्रणाली विस्तार गरिरहेको अमेरिकी रक्षा अधिकारीको दाबी


युक्रेनको सीमा क्षेत्रमा तनाब बढ्दै जाँदा रुसले सीमा क्षेत्रमा रगतको आपूर्तिलाई तयारी अवस्थामा राखेको छ। अमेरिकी रक्षा अधिकारीहरुलाई उदृत गर्दै सीएनएनले सम्भावित युद्धलाई ध्यान दिएर रुसलै मेडिकल सप्लाइलाई बढाउँदै गएको जनाएको छ।

सम्भावित युद्धलाई ध्यान दिएर घाइतेहरुको उपचारका लागि आवश्यक पर्ने रगतलाई आपूर्ति गर्ने तयारीमा रुस रहेको उल्लेख छ। पछिल्लो विकासक्रमले रुस कुनै पनि बेला छोटो सूचनामा युक्रेनमाथि आक्रमण गर्न सक्ने गरी रुस तयार रहेको भन्दै अमेरिकाले चासो व्यक्त गरेको छ।

हामीले बुझ्छौँ कि युक्रेनका राष्ट्रपति कस्तो कठिन परिस्थितिमा छन् र उनी कस्तो दबाबमा छन्,शनिवार ह्वाइट हाउसका अधिकारीले भनेका छन्, तर, त्यही समयमै उनले सम्भावित रुसी आक्रमणलाई कम आँकिरहेका छन्।गत सातामात्र रोयटर्सले स्वास्थ्य सामाग्री सहित रुसले युक्रेनको सीमा नजिक एक लाख सेना तैनाथ गरेको रिपोर्ट प्रकाशित गरेको थियो।रुसी विदेशमन्त्री सर्जेइ राभ्रोभले रुसले युद्ध नचाएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *