सत्ता गठबन्धनको बैठक आज, स्थानीय चुनाव मुख्य एजेन्डा


सत्ता गठबन्धनका दलहरुको बैठक आज बस्ने भएको छ । बिहान ९ बजेका लागि बैठक बोलाइएको छ ।

प्रधनमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा मुख्य एजेन्डा स्थानीय तह निर्वाचन नै हुने बताइएको छ । स्थानीय तह निर्वाचन ऐन संशोधन नभएपछि निर्वाचन आयोगले ऐनको दायराभित्र चुनाव गराउन मिति घोषणा गर्न सरकारलाई दबाब दिइरहेको छ । स्थानीय तह निर्वाचन ऐनले निर्वाचनको दुई महिना अगावै निर्वाचनगरी कार्यभार सम्हालेकै दिन पद हस्तान्तरण गर्ने व्यवस्था गरेको छ ।

तर, संविधानको धारा २५ ले स्थानीय तहको निर्वाचित कार्यसमितिको कार्यकाल पाँच वर्ष तोक्दै थप छ महिनाभित्र निर्वाचन गरिसक्नु पर्ने व्यवस्था गरेपछि अहिले संविधान र कानुन कुन मान्ने भन्ने बहस चलिरहेको छ ।
सत्ता गठबन्धनले संविधानसँग ऐन बाझिए बदर हुने संविधानको धारा १ मा टेकेर ऐन संशोधन गर्ने निर्णय गरिसकेको छ । शुक्रबार सत्तारुढ गठबन्धनका दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्ष पुष्पकमल दाहाल तथा माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *