उत्तरी नाकाबाट हुने आयात निर्यातमा समस्या


चीनले केरुङ र तातोपानी नाकाबाट हुने व्यापारलाई एकपक्षीय रूपमा बन्द र खुला गर्न थालेपछि आयात निर्यातमा समस्या भएको छ।दुवै नाकामा विभिन्न बहाना बनाएर चीनले ज्यादै कम मात्रै व्यापारिक कारोबार गर्दै आएको छ।यसले गर्दा नेपाली व्यापारी, व्यवसायीले ठूलो घाटा सहनुपरेको छ भने पेसाबाट पलायन हुनुपर्ने अवस्था सिर्जना भएको छ ।

२०७२ सालको भूकम्पदेखि नै चीनले न्यून कारोबार गरिरहेको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोक श्रेष्ठले बताए।उनले पूर्ण रूपमा नाका नखुलेका कारण नेपाललाई समस्या भइरहेको बताए ।

तातोपानी नाका र केरुङ नाका पूर्ण रूपमा खोल्न र दुवै देशबाट आयात निर्यात सञ्चालन गर्न पटकपटक चीनलाई गरिएको आग्रहको सुनुवाइ नभएको सङ्घका अध्यक्ष श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *