छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयर आजदेखि बिक्री खुला


छ्याङ्दी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर निष्कासन तथा बिक्री खुला भएको छ । कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ३ कित्ता सेयरको अनुपातमा आजदेखि हकप्रद सेयर निष्कासन गरेको हो।कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद जारी गरेको हो ।

उक्त सेयरमा फागुन २ गतेसम्म ओदन दिन सकिने कम्पनीले जनाएको छ । हकप्रद जारी गर्नका लागि कम्पनीले गत पुस २१ गते बुक क्लोज गरेको थियो ।उक्त हकप्रद सेयर २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद शेयरको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *