दोस्रो त्रैमाससम्म ५९ लाखभन्दा बढी नोक्सानीमा नारायणी डेभलपमेन्ट बैंक
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नारायणी डेभलपमेण्ट बैंक लिमिटेड रू. ५९ लाख ९८ हजार खुद नोक्सानीमा रहेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नोक्सानीमा कमि आएको हो ।
गत वर्ष यस अवधिसम्म कम्पनी रू. ८४ लाख ४१ हजार खुद नोक्सानीमा रहेको थियो । सञ्चालन घाटा पनि यस वर्ष कम्पनीको घटेको छ । गत वर्ष ८४ लाख २५ हजार सञ्चालन घाटामा रहेको कम्पनी यस वर्ष रू. ५९ लाख ९८ हजार सञ्चालन घाटामा रहेको हो । शतप्रतिशत हकप्रद शेयर विक्री गरी चुक्तापूँजी रू. १३ करोड १२ लाख ३३ हजार रहेको कम्पनीको जगेडा कोष रकम रू। १७ करोड ८ लाखभन्दा बढी रहेको छ । शेयर प्रिमियम रकम रू। २९ लाख ५६ हजार रहेको कम्पनीको रिटेन्ड अर्निग रू. २२ करोड ४४ लाखभन्दा बढी नोक्सानीमा रहेको छ ।
कम्पनीले गत वर्षभन्दा यस वर्ष ३ गुणाभन्दा बढी रू. २० करोड ४९ लाख निक्षेप संकलन गरेको छ भने १७ गुणा बढी रू. १७ करोड ८६ लाख कर्जा प्रवाह गरेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा रू. २२ करोड ४४ लाख ऋणात्मक रहेको छ ।