विधानबाट राजसंस्था र हिन्दुराष्ट्र हटाउन निर्वाचन आयोगको पत्र,पूर्वअध्यक्ष कमल थापाको आपत्ति


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले निर्वाचन आयोगको एउटा निर्देशनप्रति आपत्ति जनाएका छन् ।

आयोगले राप्रपाको विधानबाट हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र शब्दावली तथा झन्डामा रहेको गाई हटाउन दिएको निर्देशन संविधान र प्रजातान्त्रिक मान्यताविपरीत भएको उनको भनाइ छ ।शनिबार सामाजिक सञ्जालमार्फत उनले आयोगको निर्देशन अस्वीकार्य भएको पनि बताएका छन् ।

आयोगको उक्त निर्देशनसहितको पत्रप्रति नेतृत्वले कुनै प्रतिक्रिया व्यक्त नगर्नु र पत्र अहिलेसम्म लुकाएर राख्नु आश्चर्यजनक भएको उनले उल्लेख गरेका छन् ।निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र शब्दावली तथा झन्डामा रहेको गाई हटाउन दिएको निर्देशन संविधान र प्रजातान्त्रिक मान्यताविपरीत छ ।
यो निर्णय अस्वीकार्य छ, उनले लेखेका छन्, विगतमा आयोगको यस्तै निर्णयलाई संघर्षबाट हामीले उल्टाएका थियौँ । २०७८ माघ २ गते आयोगले पठाएको पत्रबारे वर्तमान नेतृत्वले कुनै प्रतिक्रिया व्यक्त नगर्नु र सो पत्र अहिलेसम्म लुकाएर राख्नु आश्चर्यजनक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *