संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै गरेको छैन् :गगनकुमार थापा


नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै नगरेको स्पष्ट पारेका छन् ।
स्थानीय तह निर्वाचन ढिला गर्नेबारे बहस चलिरहेका बेला सामाजिक सञ्जाल ट्विटरमा लेख्दै महामन्त्री थापाले स्थानीय तह रिक्त हुने गरी गरिने निर्णय असंवैधानिक नै हुने बताए ।

उनले लेखेका छन्, ‘हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै गरेको छैन । अतः निर्वाचनबारे कुनै पनि निर्णय गर्दा स्थानीय तह रिक्त हुन पुग्छ भने त्यो असंवैधानिक नै हुन्छ । कांग्रेस प्रस्ट छ – असंवैधानिक कदम विरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसीमा सही हुनैपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *