पाँच जिल्लामा एमालेले छान्न सकेन नेतृत्व, ९ जिल्लामा अधिवेशनको मिति अन्यौल
नेकपा (एमाले)को ६३ जिल्ला र दुई विशेष जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।
पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी पाँच जिल्लामा अधिवेशन उद्घाटन भए पनि नेतृत्व चयन हुन सकेको छैन ।धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा अधिवेशनका मितिहरू कोभिङ-१९ महामारीको संक्रमणलाई ध्यानमा राखी तय गरिने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
एमालेको जिल्ला अधिवेशनको गएको पुस २३ गते अध्यक्ष केपी शर्मा ओलीले एकसाथ उद्घाटन गरेका थिए ।त्यसैगरी, विद्यार्थी विशेष र उद्योग-व्यवसायी विशेष जिल्ला कमिटीका अधिवेशनहरू पनि पछि आयोजना गरिने उनले बताए ।
जिल्ला सम्पर्क कमिटीहरूहरूमध्ये मधेस प्रदेशबाहेक ६ वटै प्रदेश कमिटीका अधिवशेनहरू पनि सम्पन्न भएका छन् ।