२५ जना भन्दा बढी सहभागी हुने पार्टीका कार्यक्रमलाई स्थगित गर्न एमालेको निर्देशन

नेकपा (एमाले)ले २५ जनाभन्दा बढी सहभागी हुने पार्टीका कार्यक्रमलाई स्थगित गर्न निर्देशन दिएको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले प्रदेश तथा जिल्ला कार्यालयहरूलाई सर्कुलर जारी गर्दै यस्तो निर्देशन दिएका हुन् । पार्टीका आन्तरिक बैठक, भेला छलफलजस्ता कार्यक्रमहरू आवश्यक सतर्कता अपनाउँदै आयोजना गर्न भनिएको छ ।कोभिड–१९ का सन्दर्भमा सरकारद्वारा जारी स्वास्थ्य प्रोटोकललाई ध्यानमा राख्दै प्रदेश, जिल्ला र मातहतका कार्यलय सुचारु राख्ने सर्कुलरमा उल्लेख छ ।