रिलायन्स फाइनान्सको लाभांश पारित
रिलायन्स फाइनान्सको लाभांश पारित भएको छ । कम्पनीको १२औँ वार्षिक साधारणसभाले १५।७९ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो ।
फाइनान्सका अध्यक्ष कुसप्रसाद मल्लीको अध्यक्षतामा शुक्रबार प्रत्यक्ष र भर्चुअल माध्यमबाट सम्पन्न भएको साधारणसभाले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
फाइनान्सले देशभर २० वटा शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले जानकारी दिए ।